नेप्सेमा साढे ३६ लाखबढी कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे ३६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । सोमबार एसियन लाइफ इन्स्योरेन्सको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

एसियन लाइफले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ मा कुल १५.२६ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा १४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश रहेको छ ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स