नेपाल हाइड्रोको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १ करोड ५९ लाख ९६ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ८ लाख ४१ हजार ९२१.०५ रुपैयाँ बराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश आगामी १६ औं वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स