काठमाडौं । बेल्जियम मोरक्कोसँग पराजित भएको छ । कतारमा जारी फिफा विश्वकप २०२२ मा मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३ औं मिनेटमा गरेको फ्रिकिक गोलमा अग्रता लिएको थियो ।
त्यस्तै, थप समयमा दोस्रो गोल गर्दे मोरक्कोले जित पक्का गरेको हो।
योसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ ।