एक सातामा ४ अर्बले निक्षेप बढ्दा कर्जा ३ अर्बले बढ्यो

काठमाडौं । मंसिर पहिलो साता वाणिज्य बैंकमा ४ अर्ब निक्षेप थपिएको छ । मंसिर ३ गतेदेखि ९ गतेसम्म वाणिज्य बैंकमा ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । मंसिर २ गते ४५ खर्ब ५८ अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप मंसिर ९ गते बैंकको निक्षेप बढेर ४५ खर्ब ६२ अर्ब पुगेको छ ।

मंसिर ३ गतेदेखि ९ गतेसम्मको एक साताको अवधिमा वाणिज्य बैंकहरूबाट ३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । कार्तिक महिनाभरि ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरूले मंसिर पहिलो साता नै सो कर्जा बढाएर ४५ खर्ब २२ अर्ब पुर्याएका हुन् । मंसिर २ गते बैंकहरूले ४५ खर्ब ६२ अर्ब रपैयाँ कर्जा प्रवाह गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स