काठमाडौं । प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सबीचको प्राप्ति प्रक्रिया रद्द भएको छ। बैंकको मङ्सिर ८ गते बसेको संचालक समितिको बैठकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा बढाईएको सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।
प्रभु बैंकले क्यापिटलले मर्चेन्ट बैंकिङ प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन दुवै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
तर, क्यापिटल मर्चेन्टले गत मंसिर १ गते प्रभु बैंकलाई पत्र पठाउँदै प्राप्तिसम्बन्धी सबै प्रक्रिया स्थायी रुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिन समितिसमेत भंग गर्न अनुरोध गरेको थियो।
योसँगै बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने छैन ।
राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको थियो ।