काठमाडौं नबिल बैंकको सहायक मर्चेन्ट बैंकले नेपाल बंगलादेश क्यापिटललाई गाभ्ने भएको छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङले २७ रुपैयाँमा नेपाल बंगलादेश क्यापिटललाई गाभ्ने तयारी थालेको हो
नबिल बैंकले भने ४३ रुपैयाँमा नेपाल बंगलादेश बैंकलाई प्रप्ति गरेको थियो। नेपाल बंगलादेश क्यापिटलमा शतप्रतिशत नेपाल बंगलादेश बैंकको सेयर स्वामित्व रहेको छ ।
नबिल इनभेष्टमेण्टले प्रप्तिको प्रस्ताव पारित गर्न विशेष साधारणसभा समेत आव्हान गरिसकेको छ । साधारणसभा मंसिर १८ गते बस्दैछ । नेपाल बंगलादेश क्यापिटलले पनि सोही मितिमा नबिल इनभेष्टमेण्टमा गाभिने एजेन्डासहित विशेष साधारण सभा डाकेको छ ।