हिमालयन डिस्टिलरीको ७० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरूलाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि सहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश वितरण गर्न कम्पनीले पुस २७ गते २२ औं साधारणसभा डाकेको छ । उक्त सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गते बुधबार बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस १९ गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स