कर्जा प्रवाहमा नेपाल र एनएमबि बैंक अगाडि, सिद्धार्थ र एनआईसीको व्यवसाय खुम्चियो (अन्यको अवस्था कस्तो ?)

काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक महिनामा १४ बैंकको कर्जा घटेको छ भने १२ बैंकको बढेको छ । देशमा सञ्चालित २६ वटा वाणिज्य बैंकले कार्तिक महिनामा जम्मा १ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सो कर्जामध्ये सबैभन्दा बढी कर्जा प्रवाह सरकारी स्वामित्वको नेपाल बैंकले गरेको छ भने बढी कर्जा प्रवाह गर्नेको दोस्रो बैंक एनएमबि बैंक रहेको छ । कार्तिक महिनामा अन्य ठूला बैंकको कर्जा प्रवाह खुम्चदा पनि यी दुई बैंकले भने २ अर्बभन्दा माथि कर्जा प्रवाह गरेका छन् । १ अर्बभन्दा बढी कर्जा प्रवाह गर्नेमा एभरेष्ट, नेपाल एसबिआई र प्रभु गरी ४ वटा बैंक रहेका छन् ।

नेपाल बैंकले गत कार्तिक महिनामा २ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने एनएमबि बैंकले २ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । पछिल्लो समय निक्षेप संकलनमा आक्रमक देखिएको सिद्धार्थ बैंकको कर्जा एक महिनामै ३ अर्ब ४९ करोड रुपैयाँले घटेको छ भने एनआईसी एशिया बैंकको २ अर्ब १९ करोड रुपैयाँले कर्जा खुम्चिएको छ ।

यी दुबै बैंक निक्षेप संकलन र कर्जा प्रवाहमा आक्रमक देखिएपछि राष्ट्र बैंकले विशेष निगरानीमा राखेका कारण सन्तुलित अवस्थामा आएका हुन् । एनआईसी एशिया बैंकको यहि आक्रमक व्यवसाय विस्तारका कारण सेयर लगानीकर्ताले गत आवको लाभांश समेत नपाउने भएका छन् ।

कार्तिक महिनामा व्यवसाय घटेका बैंकहरूमा कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई, कुमारी, लक्ष्मी, मेगा, एनसीसी, प्राइम कमर्शिय बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, स्टयाण्डर्ड चाटर्ड, सनराइज बैंक रहेका छन् ।
सेन्चुरी, सिभिल, सिटिजन्स, एभरेष्ट, हिमालयन, माछापुच्छे«, नबिल, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई, प्रभु बैंकले भने थोरै भएपनि बिजनेश ग्रोथ गरेका छन् ।

चालु आर्थिक वर्ष लागेपछि बैंकहरूले ४६ अर्ब ७४ करोड कर्जा प्रवाह गरेका छन् भने २१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैकर्स संघको तथ्यांकले देखाएको छ ।

BANK 31st Ashad, 2079 31st Shrawan, 2079 31st Bhadra, 2079 31st Asoj, 2079 30th Kartik, 2079 Change since 31st Ashad 2079 (Amount) Change since Last Month (Amount)
Total Lending Total Lending Total Lending Total Lending Total Lending
ADBL 178.55 176.50 177.09 178.01 177.93 -0.62 -0.08
BOK 106.72 105.94 104.61 105.59 105.12 -1.60 -0.47
CENTURY 91.47 92.69 87.13 87.45 87.61 -3.86 0.16
CITIZEN 135.77 136.24 137.79 139.69 140.20 4.43 0.51
CIVIL 87.18 86.42 86.03 86.98 87.33 0.15 0.35
EBL 154.55 154.74 155.03 156.30 158.03 3.48 1.73
GLOBAL 272.21 273.27 275.17 274.73 273.55 1.34 -1.18
HBL 156.45 156.40 158.60 161.44 162.22 5.77 0.78
KUMARI 159.44 160.59 159.12 161.54 161.31 1.87 -0.23
LAXMI 132.57 133.65 132.79 131.88 131.62 -0.95 -0.26
MBL 129.61 132.34 133.57 134.36 134.54 4.93 0.18
MEGA 150.04 150.88 151.17 153.96 153.04 3.00 -0.92
NABIL 309.06 308.69 311.43 314.39 315.82 6.76 1.43
NBL 180.82 177.38 175.95 175.76 178.06 -2.76 2.31
NCC 126.93 122.33 118.46 118.85 117.51 -9.42 -1.34
NIBL 168.16 171.34 174.72 178.51 179.33 11.17 0.82
NIC 268.24 265.59 271.32 273.12 270.93 2.69 -2.19
NMB 182.09 180.77 185.09 186.10 188.38 6.29 2.28
NSBL 110.69 111.55 113.61 116.40 117.63 6.94 1.23
PRABHU 150.41 151.81 152.36 154.63 155.81 5.40 1.18
PRIME 154.95 153.10 152.88 154.32 154.20 -0.75 -0.12
RBB 228.65 229.91 228.27 227.95 227.59 -1.06 -0.36
SANIMA 140.83 145.93 147.65 147.94 147.71 6.88 -0.23
SBL 186.09 186.45 186.73 187.27 183.78 -2.31 -3.49
SCBNL 89.59 89.29 89.95 89.83 89.32 -0.27 -0.51
SUNRISE 123.77 122.72 123.76 123.32 123.01 -0.76 -0.31

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स