५ कम्पनीले पाए ४ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन अनुमति, कसको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बिहीबार प्राथामिक सेयर (आईपीओ) निष्कासनका लागि स्वीकृती दिएको छ । बोर्डले विभिन्न पाँच हाइड्रोपावर कम्पनीलाई ३ अर्ब ९८ करोड बराबरको ३ करोड ९८ लाख कित्ता आईपीओका लागि स्वीकृति दिएको हो ।

बोर्डले एशिएन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, माया खोला हाइड्रोपावर, सुलभ पावर लिमिटेड, सुपर मादी हाइड्रोपावर आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डले एशिएन हाइड्रोपावर लिमिटेडले ३४.७१ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ । कम्पनीले ३४ करोड बराबरको ३४ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो।

यस्तै बोर्डबाट सुपरमाई हाइड्रोपावरले ५० करोड बराबरको ५० लाख कित्ता, सुपर मादी हाइड्रोपावरले २ अर्ब १० करोड बराबरको २ करोड १० लाख कित्ता आइपीओ जारी गर्न स्वीकृति पाएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स