मंसिरमा निक्षेप र कर्जा दुबै घट्यो

काठमाडौं । मंसिर महिनामा देशमा सञ्चालित वाणिज्य बैंकहरूमा कार्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म ५ अर्ब रुपैयाँले निक्षेप घटेको छ भने ३ अर्बले कर्जा पनि घटेको छ ।

कार्तिक ३० गते ४५ खर्ब ६३ अर्ब रहेको निक्षेप मंसिर २ गते आइपुग्दा घटेर ४५ खर्ब ५८ अर्बमा सीमित भएको छ । त्यसको अघिल्लो साता कार्तिक २५ गतेदेखि ३० गतेसम्मको अवधिमा भने १७ अर्बले निक्षेप बढेको थियो ।

सो अवधिमा कर्जा प्रवाह भने स्थिर रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स