११ अंकले बढ्यो नेप्से, साढे ९२ करोडको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख ६९ हजारको कित्ता सेयर ९२ करोड ५१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४९ वटा कम्पनीको घटेको छ १७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, साईन रेसुंगा सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ६२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको ६ करोड ८० लाख, एनआईसी एसियाको २ करोड ९३ लाख, नेष्डो समृद्धिको २ करोड ८१ लाख र नबिल बैंकको २ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स