चितवन २ बाट रवि लामिछाने विजयी

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित पक्का भएको छ ।

गणना गर्न बाँकी १० हजार मत भन्दा रविले ल्याएको मत धेरै भएपछि उनको जित पक्का भएको हो ।

लामिछानेले २९ हजार २१६ मत ल्याउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत ल्याएका छन् ।

जसअनुसार श्रेष्ठले लामिछानेलाई जित्नको लागि २६ हजारभन्दा बढी मत ल्याउन पर्ने भएको छ । यसअर्थ लामिछाने चितवन २ बाट विजयी भइसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स