यी हुन् काठमाडौं बासीका बोली सदनमा पुर्याउने विजेता सांसद

काठमाडौं ५ क्षेत्रमा कांग्रेस, ३ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पाटी, १ क्षेत्रमा एमाले

काठमाडौं । काठमाडौं जिल्लामा रहेका १० क्षेत्रमध्ये ४ क्षेत्रमा नेपाली कांग्रेस (रुख चिन्ह्) ले ३ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी घन्टी चिन्ह्ले विजय हासिल गरेको छ । देशको राजधानी रहेको यस जिल्लाका मतदाताले माओवादी रुचाउँदै रुचाएनन् भने एमालेलाई पनि त्यति साथ दिएनन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौंको १, ३, ४, ५ र १० नम्बर क्षेत्रमा नेपाली कांग्रेसको जित भएको छ भने २, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न)का उम्मेदवारहरु विजयी भएका छन् । काठमाडौं क्षेत्र नम्बर ९ मा एमाले विजय हात पारेको छ भने काठमाडौ क्षेत्र नम्बर ६ को भने अन्तिम परिणाम आउन बाँकी छ । यस क्षेत्रमा पनि अहिलेसम्मको मतगण्नाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले लिड गरेको छ । काठमाडौ जिल्लाबाट २०६४ को चुनावका अत्यधिक मत ल्याएर विजय भएको माओवादीको अहिले पत्तासाफ भएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् भने मिश्रले ७ हजार ११ मत प्राप्त गरे ।

काठमाडौं–२ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी हुन् । उनले १५ हजार २२९ मत प्राप्त गरेकी छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ११ हजार १४ र माओवादी केन्द्रकी ओनसरी घर्तीले ९ हजार ४४९ मत पाएकी छन्।

काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसेको जित सुनिश्चित गरेका छन् । गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर चालिसेले नेकपा एमालेका कृष्णबहादुर राईले ३३ सयभन्दा बढी मतले पछि पार्दै जित सुनिश्चित गरेका हुन्।
चालिसेले अहिलेसम्म उनले १३५०५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्णबहादुर राईले १०१८५ मत ल्याएका छन्। अघिल्लो चुनावमा राई यही क्षेत्रबाट निर्वाचित भएका थिए।

काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएको हो । थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् ।
प्रदिप पौडेलले १५ हजार २१२ मत ल्याएर विजय भएका हुन् । ईश्वर पोखरेलले १० हजार १६८ मत प्राप्त गरेका छन् । पौडेलले पोखरेलबीच ५ हजार ४४ मतको अन्तर रहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।

काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् । पराजुलीले ८ हजार ७४३ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत ल्याएका छन्। माओवादी केन्द्रकी मानुषी यमी भट्टराई ६ हजार ६३ मत ल्याएर तेस्रो स्थानमा रहेकी छिन्।

यसैगरी काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मत ल्याएर विजयी भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ पूनःनिर्वाचित भएका छन् । श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत ल्याएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाएका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स