नेप्सेले गर्यो रिडी पावरको सेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले रिडी पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । कारोबार भएको समयमा लाभांश प्रस्ताव गर्न बैठक बसेको भन्दै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीले मंसिर ६ गते (मंगलबार) बिहान ११ बजे संचालक समितिको बैठक राखेर लाभांश प्रस्ताव गरेको थियो भने त्यसको जानकारी बजार बन्द भएपछि नेप्सेलाई गराएको थियो । लाभांश प्रस्ताव गर्दा कारोबार समयमा संचालक समितिको बैठक राख्न नहुने तथा प्रस्ताव गरिएको लाभांश सोहि दिन वा अर्को दिन बजार खुल्नु अगाडी नेप्सेलाई जानकारी गराउनु पर्ने ब्यबस्था छ।

मंगलबार कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले हाल कायाम चुक्ता पुँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँ बराबरको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.१० प्रतिशत नगद लाभांश गरि कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स