झापा क्षेत्र नम्बर-१ का विश्वप्रकाश शर्माको जित पक्का

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका झापा क्षेत्र नम्बर-१ का उम्मेदवार विश्वप्रकाश शर्माको जित पक्का बनेको छ ।

झापा क्षेत्र नम्बर-१ मातगणना जारी रहँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा १२ हजार ६८० मतका साथ अघि रहेका छन् । यो क्षेत्रमा अब ११ हजार ३९१ मत गन्न बाँकी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स