सूर्य नेपाल फेरि बन्यो सबैभन्दा धेरै कर तिर्ने करदाता, व्यक्तिगततर्फ बिजय कुमार शाह, बैंकमा नबिल

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सूर्य नेपाल सबैभन्दा धेरै कर तिर्ने करदाता करदाता बनेको छ । व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा बिजय कुमार शाह रहेका छन्। आयकरतर्फ नेपाल दूरसंचार संस्थान सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेको भने सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर तिर्ने संस्थाका गोर्खा ब्रुअरीले सम्मानित भएको छ ।

वित्तीय संस्थातर्फ नबिल बैंक, बीमामा नेपाल पुनर्बीमा कम्पनी, लघुवित्त वित्तीयसंथातर्फ तर्फ छिमेक लघुबित्त वित्तीय संस्था धेरै कर तिर्ने संस्था बनेका छन् । आईएमई रेमिट्यान्स कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्ट कम्पनी बनेको छ।

आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच आज सम्मान गरेको हो ।

निर्यात विशेषतर्फ शिवशक्ति घ्यू र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसिबी फिड्स एन्ड फुड बनेको छ ।
स्वास्थ्यतर्फ नोबेल टिचिङ हस्पिटल तथा पर्यटनतर्फ मनकामना केवलकार प्रालिले धेरै कर तिर्ने कम्पनीको सम्मान पाएका छन्।

वस्तु व्यापारतर्फ हंसराज हुलास प्रालि, ऊर्जातर्फ चिलिमे जलविद्युत, मध्यम स्तरीय करदाताका रुपमा नेपाल धितोपत्र विनिमय बजारले पनि यो सम्मान पाएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स