चितवन– १ रवि लामिछाने र २ मा हरि ढकाल अगाडि

काठमाडौं । चितवन–१, २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र हरि ढकाल अगाडि रहेका छन् । चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका रवि लामिछाने उनका प्रतिद्वन्द्वी कृष्णभक्त पोखरेलभन्दा दोब्बर मतले अगाडि बढेका छन् ।

एमाले नेता पोखरेलसँग निकै फराकिलो मतान्तरले अग्रस्थानमा कायम रहेका लामिछानेले १३ हजार ६४१ मत ल्याउँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ६ हजार २४९ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबनध्नबाट उम्मेदवार रहेका कांग्रेसका उमेश श्रेष्ठको ५ हजार ९३५ मत आएको छ ।

लामिछानेले प्रतिस्पर्धी दुई उम्मेद्वारले ल्याएको कुल मतभन्दा पनि धेरै मत ल्याएका छन् । चितवन–१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल अगाडि छन् । ढकालले १४ हजार २९९ मत ल्याउँदा सत्तारुढ गठबन्धनबाट कांग्रेसका विश्वनाथ पौडेलले १० हजार ६२९ र एमालेका सुरेन्द्र पाण्डेले १० हजार ३८४ मत ल्याएका छन् । चितवन–३ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दोस्रो स्थानमा छन् ।

चितवन–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे १० हजार ६३२ मतका साथ अग्रस्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालको ६ हजार ६७२ र सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका डा.भोजराज अधिकारीको ६ हजार ५०३ मत आएको छ । एमालेले समर्थन गरेको कांग्रेसका केन्द्रीय सदस्य रहँदा स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरलाको चार हजार ३११ मत आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स