अघि लाग्दै लगानीकर्ता ढकाल पछिपछि पूर्व अर्थमन्त्री पाण्डे र विज्ञ अर्थ शस्त्री पौडेल

काठमाडौं । सेयर लगानीकर्ता, पूर्व अर्थमन्त्री र अर्थशाीस्त्रीबीचको चुनावी कुरुक्षेत्र भएको छ, चितवन १ । हरि ढकालले सुरुवात समय देखिनै अग्रता लिएका छन् । उनले पछिल्लो मत परिणाममा ६,३६७ मत ल्याएका छन् ।

त्यस्तै एमालेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ६०४८ ल्याएका छन् भने योजना आयोगका उपध्यक्षबाट राजिनामा दिएर चुनाव लड्न गएका विश्वनाथ पौडेल ५५९१ मतले तेस्रो स्थानमा छन् ।

अहिले चितवन १मा अर्थ यानिकी धनपैसा सम्बन्धित व्यतित्वको साझा चुनावी मैदान भएको छ । नेकपा एमालेबाट अर्थमन्त्री बनेका र अहिलेका अर्थ समितिका पनि सदस्य रहेका सुरेन्द्र पाण्डे छन् भने उनको विजय लाई रोक्नलाई नेपाली कांग्रेसका विज्ञ र अर्थशास्त्री भनेर चिनिने विश्व पौडेलले उम्मेदवारी दिएका छन् ।

विश्व पौडेलले प्रकृतिक स्रोत साधनमा विज्ञता हासिल गर्न थालेका छन्। त्यस्तै नयाँ जोसिलाको पार्टीको रुपमा चिनिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल रहेका छन् । उनी पेसाले सेयर लगानीकर्ता हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स