अर्जेन्टिनालाई पहिलो हाफमा १ गोलको अग्रता

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो हाफमा १ गोलको अग्रता लिएको छ । अहिले भइरहेको अर्जेन्टिना र साउदी अरेबियाबीचको खेलमा अर्जेन्टिनाले पहिलो हाफमा १ गोलको अग्रता लिएको हो ।

लुसाइल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले साउदीविरुद्ध सुरुआती अग्रता बनाएको हो ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स