५ दिनमा १७ अर्ब थपियो निक्षेप, कर्जा भने शुन्य

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकमा निक्षेप थपिने क्रम बढेको छ । कार्तिक २५ गतेदेखि ३० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरूमा १७ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । कार्तिक २५ गते ४५ खर्ब ४६ अर्ब रहेको निक्षेप ३० गते पुग्दा निक्षेप बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।

कार्तिक ४ गतेयता हेर्ने हो भने कार्तिक ३० गतेसम्म जम्मा २२ अर्ब रुपैयाँले मात्रै निक्षे पढेको छ । चालु आर्थिक वर्षको साउन महिनामा १२३ अर्ब ७९ करोड रुपैयाँले घटेको कर्जा भदौ महिनाभर ४० अर्ब ५४ करोड रुपैयाँले थपिएको थियो । असोजमा पनि निक्षेप थपिएको छ । असोज महिनामा २७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप थपिएको हो ।

यो समयमा निक्षेपमा उल्लेख्य सुधार आएपनि कर्जा प्रवाह भने हुन सकेको देखिदैन । नेपाल बैकर्स संघको तथ्यांकअनुसार कार्तिक २५ गतेदेखि ३० गतेको अवधिमा वाणिज्य बैंकहरूले एउटा पनि कर्जा स्वीकृत नगरेको देखिएको छ । कार्तिक महिनाको कर्जा प्रवाहलाई हेर्दा ३ अर्बले कर्जा घटेको तथ्यांक छ । कार्तिक ७ गते ४२ खर्ब २५ अर्ब रहेको वाणिज्य बैंकको कर्जा कार्तिक ३० गते आइपुग्दा ४२ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स