सागर ढकालको शानदार हार निश्चित

काठमाडौं । पछिल्लो ताजा मत परिणाम अनुसार डडेल्धुरामा स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा आएका छन् भने कर्ण मल्ल भने धेरै पछाडी परेका छन् ।

शेर बहादुर देउवाले ९,७७३मत पाउँदा सागर ढकालले ५,१९३ मत पाएका छन् । कुल १९,५८३ मतदान भएकोमा १६६०८ गणना हुँदा ३,२६५ मतले ढकाल पछि परेका छन् । यसरि हेर्दा २९७५ मत गणना गर्न बाँकी रहदा सबै बाँकी मत सागर ढकालको सुइमा खस्दा पनि हार्ने निश्चित भएको छ । पाँच पटक सम्म प्रधानमन्त्री बनेका शेर बहादुर देउवालाई हराउँछु र व्यवस्थापकीय शैली बदल्छु भनेर गुल्मीका सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्यस्तै बीपि कांग्रसका कर्ण मल्लले २,६९४ मत ल्याएका छन् उनलाई नेकपा एमालेको पनि समर्थन थियो ,त्यस्तै राप्रपाको हलोले ३७४ मत पाएको छ ।

४० वर्ष मुनिका प्रधानमन्त्री र १५०० जना विज्ञको मोडालिटीमा देश चलाउँछु भनेर लागेका सागर ढकालले विजय गर्न नसकिने देखए पनि शानदार हार भएको छ । उनले देशमा ४० वर्ष मुनीको प्रधानमन्त्री र विज्ञको मोडालिटी अघि सरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स