कालिन्चोक दर्शनले मङ्सिर १४ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले मङ्सिर १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १ लाख २० हजार कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ८ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावितले छिटोमा मङ्सिर २८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने मङ्सिर २८ गते सम्म मात्र आवेदन दिन सक्ने छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार ८ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् भने आयोजना प्रभाववित स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ४९१० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कार्तिक २३ गते सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्काशनको अनुमति पाएको छ। कम्पनीले आईपीओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले गत चैत्र १५ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स