लुम्बिनी विकास बैंकको लाभांश घोषणा,बोनस र नगद कति ?

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको मङ्सिर २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ९ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स