काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेल अग्रस्थानमा देखिएका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका ईश्वर पोखरेललाई पछि पार्दै पौडेल अग्रस्थानमा रहेका हुन् ।
हालसम्म गणना गरिएको मत परिणाम अनुसार पौडेलले २१० मत पाएका छन् भने पोखरेलले १८९ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा हालसम्म ८ सय मत गणना गरिएको छ ।