चुनावमा आकर्षण देखिएनन् आम मतदाता, मुस्किलले ६० प्रतिशत भोट खस्ने

काठमाडौं । आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्ने निर्वाचनमा खासै उत्साह देखिएको पाइएन । काठमाडौंका अधिकांश मतदान केन्द्रमा मतदाताको बाक्लो उपस्थिति नदेखिएको हो । काठमाडौं क्षेत्र नम्बर ५ मा अहिलेसम्म कुल ४५ प्रतितश जति मत खसेको छ भने अन्य क्षेत्रमा पनि सोही अनुपातमा भोट खसेको हुनुपर्ने अनुमान स्वयम मतदाताले गरेका छन् ।

काठमाडौंमा मात्रै होइन देशका अन्य धेरै स्थानमा मतदाताको मतदान गर्न पातलो उपस्थिति भएको देख्न पाइएको छ । डेढ दुई घण्टासम्म लाइन बसेर भोट खसाल्नु पर्ने अवस्था कहि पनि नभएको विभिन्न सञ्चारमाध्यममा आइरहेको छ । अहिले सवा ४ बजिसकेको छ अहिलेसम्मको खसेको मतलाई आधारमान्दा देशभर औसतमा ५० देखि ६० प्रतिशत भोट खस्ने देखिएको छ ।

स्थानीय चुनावमा मतदान गर्न मतदाता स्थल पुगेपनि प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भने उनीहरूले त्यति चासो नदेखाएका हुन् । स्थानीय चुनावमा आफ्नै टोल छिमेक वा आफ्नै मान्छे उठ्ने भएकाले भोट खसाल्न बाध्य भएका उम्मदेवार अहिले भने ‘आ भोट खसालेर के हुन्छ नखसालेर के हुन्छ’ भनेर भोट खसाल्न नगएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ५ विशालनगरका मतदान नरवहादुर विष्टले बताए । वर्षौदेखि भोट खसालिएकै हो,’ राजतन्त्र फालियो, लोकतन्त्र आयो, त्यसपछि गणतन्त्र आयो,’ उनले भने ‘नेताका जीवनमा धेरै परिवर्तन आयो तर हाम्रो जीवनमा कुनै उत्साह आएन । के मन त गएर स्वतन्त्रलाई भोट खसालौं भन्ने पनि थियो तर, खुट्टै अघि सरेन ।’

वर्षौदेखि भोट खसाल्दै आएपनि आमजनताले चाहेको जस्तो परिवर्तन नभएपछि भोटप्रति नै राजनीतिक वितृष्णा आम नागरिकमा देखिएको हो । गर्ने कसैले केहि होइन, सत्तामा पुगेपछि आफन्त, इष्टमित्रमात्रे देख्छन् , आफूलाई सात पुस्तलाई पुग्ने सम्पत्ति थुर्पाछन्, ती मतदाताले भने ‘देश र नागरिक प्रति बफादार नागरिक भएर देशमा सुशासन कायम भए पो भोट खसाल्नका लागि आर्कषण गर्न सकिन्छ ।’ ‘मत भनेको मन जितेर लिने हो,’ उनले भने ‘अब कसैको वहकाबमा लागेर भोट खसाल्नुभन्दा आफ्नै बरु आफ्नै घरमा सुत्नु जाति ।’

आम सर्वासाधारण नागरिकमा मात्रै होइन पार्टी झण्डा बोकेर हिड्ने पार्टीको कार्यकर्तामा समेत भोट वा निर्वाचनपट्टी खासै उत्साह देखिएको छैन । पार्टीले आयोजना गरेको घरदैलो कार्यक्रममा झण्डा बोकेर यस अघि उम्मेदवारको पछि पछि लाग्ने कार्यकर्ताहरू यो चुनावमा सरभर घरबाट बाहिर ननिस्किन परे हुन्थ्यो, भनेर बसेका छन् । कतिपयले पार्टीलाई होइन अब स्वतन्त्र उम्मेदवारलाई भोट दिएर आफ्नो ‘थट’ नै परिवर्तन पनि गरेका छन् ।

मतदाताको यो भनाइलाई पुष्टि गर्न आजको मतदान केन्द्रमा मतदाताको भएको पाललो उपस्थिति एक ज्वलन्त उदाहरण हो । बिहानै देखि लाइनमा बसेर मतदाताले भोट खसाल्नु परेको छैन । लाइन नबसी सरासर सिधै मतदान केन्द्रमा गएर भोट खसाल्ने वातावरण सिर्जना भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स