एनसीसी बैंकको साधारणसभा सम्पन्न, ११ प्रतिशत लाभांश पारित(१० वर्षको लाभांशसहित)

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आर्थिक वर्ष २०७८०७९ बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभाले गत वर्षको नाफाबाट ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सभाबाट पारित भएको बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी बढेर ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ रुपैयाँको उचाईमा पुग्नेछ ।

साधारणसभामा बताइएअनुसार आर्थिक वर्ष २०७८÷७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले वृद्धि भई रू. १४१ अर्ब ५० करोड पुगेकोे छ । बैंकले १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा, १४४ एटिएम र १५ एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यस्तो छ एनसीसी बैंकले विगत १० वर्षमा बाढेको लाभांश

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स