सरकारले खटायो ९०३ ठाउँमा ‘बम डिस्पोजल टोली’, १५० टिम तयारी अवस्थामा

काठमाडौं । सरकारले चुनावलाई लक्षित गरी बम प्रहार हुने सक्ने भन्दै ९०३ ठाउँमा ‘बम डिस्पोजल टोली’ खटाएको छ । सरकारले चुनावी बेलामा पर्न सक्ने भइतव्यलाई मध्येनजर गरेर सो टोली खटाएको हो । निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९०३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताए ।

‘देशभर ९०३ ठाउँमा सेनाको बम डिस्पोजल टोली खटिएका छन्, आवश्यकताअनुसार टोली थप गरिनेछ,’ उनले भन । आवश्यकताअनुसार बम निष्क्रिय पार्नसक्ने टिम ‘स्ट्यान्ड बाई’ राखिएको गृह मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा नेपाली सेनाले जानकारी दिएको छ । बम निष्क्रिय गर्नसक्ने थप १५० टिम तयारी अवस्थामा छन् ।

गृहसचिव सिंहले नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह, सशस्त्रका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई सँगै राखेर पत्रकार सम्मेलन गरेका हुन् । सम्मेलनमा सिंहले हिंसात्मक गतिविधि गर्नेहरुविरुद्ध ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरिने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स