काठमाडौं । एनसीसी बैंकलाई मर्जर लिन लागेको कुमारी बैंकको विगत १० वर्षमा लाभांश हेर्ने हो भने औसतमा करिब १५ प्रतिशत देखिएको छ । बैंकले आफ्ना सेयरधनीलाई बढीभन्दा बढी लाभांश दिने गरेको प्रतिवद्धता स्वरुप सेयरधनीलाई निरास पारेको छैन ।
बैंकको १० वर्षे इतिहासलाई हेर्ने हो भने आम लागनीकर्तालाई निराश नपारेपनि दुई आर्थिक वर्षमा भने नगद लाभांश प्रदान गरेको छैन । त्यसअघिका वर्षमा कर प्रयोजनका लागि भनेर बैंकले थोरै नगद लाभांश दिए पनि आव २०६२÷०६३ मा लागनीकर्ताको हात खाली नै बनाएको थियो ।
नगद लाभांशभन्दा बोनस सेयरलाई महत्व राखेको बैंकले गत आर्थिक वर्ष २०७८÷७९ मा भने १२.५ प्रतिशत नगद लाभांश दिएको छ । एनसीसी बैंक र कुमारी बैंक एकआपसमा मर्जर जाने भएपछि बैंकले आफ्ना सेयरधनीलाई खुशीपार्न यो वर्ष बोनसलाई पन्छाएर नगदलाई प्रोत्साहन गरेको हो ।
आव २०७७/०७८ मा बैंकले जम्मा ८.६७ प्रतिशत लाभांश दिएको थियो । सो लाभांशमध्ये २.६७ प्रतिशत नगद र ६ प्रतिशत बोनस हो । बैंकको सो आर्थिक वर्षभन्दा आव २०७७/०७८ मा सेयरधनीलाई अझ बढी लाभांश दिएको छ । उक्त आर्थिक वर्षमा बैंकले सेयरधनीलाई ३.१५ प्रतिशत नगद र १०.८५ प्रतिशत बोनस गरी १४ प्रतिशत लाभांश दिएको छ ।
आव २०७५/०७६ मा कुमारी बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गरेको छ । उक्त लाभांशमध्ये ०.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस दिने भएको छ भने बैंकले त्यसअघि दुई आर्थिक वर्षमा नगद लाभांश नै वितरण गरेको छैन । आव २०७४/०७५ र २०७३/७४ मा नगद लाभांश वितरण गरेको छैन भने बोसन क्रमशः ८.५ प्रतिशत र १२.७५ प्रतिशत वितरण गरेको छ ।
त्यसअघिको वर्षहरूमा बैंकले करिव ३५ प्रतिशतसम्म लाभांश दिएको छ । आव २०७२/७३ मा १.१ नगद र २१ प्रतिशत बोनस गरी कुल २२.१ प्रतिशत लाभांश दिएको थियो भने आव २०७१/०७२ मा ०.५८ प्रतिशत नगद र ११ प्रतिशत बोनस गरी ११.५८ प्रतिशत लाभांश गरेको थियो ।
आव २०७०/०७१ मा भने ३४.७४ प्रतिशत लाभांश वितरण गरेको छ । यो लाभांश कुमारी बैंकको इतिहासमा सबैभन्दा धेरै हो । बैकले सो आवमा १.७४ प्रतिशत नगद लाभांश र ३३ प्रतिशत बोनस गरी कुल ३४.७४ प्रतिशत लाभांश दिएको हो । बैंकले दिएको यो कुमारी बैंकले वितरण गरेको लाभांशमध्ये हालसम्मकै धेरै हो ।
कुमारी बैंकले आव २०६९/ ०७० मा भने ०.७४ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस गरी १४.७४ प्रतिशत लाभांश वितरण गरेको छ ।