सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कात्र्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ ।

पदमपुर शाखा नयाँ ठाँउमा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठले समुद्घाटन गरी सेवा सञ्चालन गरेको हो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स