कालिन्चोक दर्शनले १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कार्तिक २३ गते आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

यस सँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने छ। कम्पनीले आईपीओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

कम्पनीले गत चैत्र १५ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स