प्रभु बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रभु बैंकले लाभांश घोषणा गरेको छ । बिहिबार बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले ६.५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले वितरण योग्य मुनाफा एक अर्व तीन करोड उनन्तीस लाख त्रिहत्तर हजार नौ सय बयान्नब्बे पैसा पचहत्तर रुपैयाँबाट बैंकको आ.व. २०७८/०७९ मा कायम चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाखको ६.५० प्रतिशतले हुने रकम बयासी करोड साठी लाख पैंसट्ठी हजार सात सय एकहत्तर रुपैयाँ बराबरको बोनस सेयर र १.५० प्रतिशतले हुने रकम उन्नाईस करोड छ लाख तीस हजार पाँच सय रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी २१ औं वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स