काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ ।
बिहीबार, नेप्से परिसूचक २४.१६ अंकले बढेर १९३५.४२ अंक विन्दुमा आइपुगेको छ ।
आज ४२ लाख ८७ हजारको कित्ता सेयर १ अर्ब ६७ करोड ६८ लाखमा खरिद बिक्री भएको छ ।
आज १७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५ वटा कम्पनीको घटेको छ १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।
आज सिक्लेस हाईड्रोपावरमा १० प्रतिशत र र सयपत्री हाईड्रोपावरमा ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, बोर्टलर्स नेपाल तराईमा ७.५१%, रिडी पावरमा ६.०३%, पञ्चकन्या माईमा ५.९९%, युनियन हाईड्रोपावरमा ५.७७%, समलिङ पावरमा ५.६८%, हिमालयन पावर पार्टनरमा ५.४९%, मध्य भोटेकोशीमा ५.४२% र जोशी पावरको सेयरमा ५.३९ प्रतिशतले उकालो लागेको छ ।