काठमाडौं । नेपाली बैंकिङ जगतमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्कििएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ सार्बजनिक गरिएको छ । वुधबार होटेल ¥याडिसनमा आयोजित फास्ट बैंकिङ लन्च समारोहमा उक्त सेवा सार्वजनिक गरिएको हो ।
राष्ट्र बैंकका पदाधिकारीहरु, बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरु, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरु तथा मिडिया कर्मीहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोह नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि बिकाश बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एप्प अनावरण गरी शुरूवात गरेका थिए ।
स्मार्ट चोइस टेक्नोलोजिजका संचालक सान्तराज बतासको स्वागत मन्तब्यसँंगै कार्यक्रम सुरुवात गरिएको थियो । स्मार्ट चोइस टेक्नोलोजिजको संक्षिप्त विवरणसँगै फास्ट बैंकिङको बारेमा बिस्तृत जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा बित्तीय संस्थाले फास्ट बैंकिङको सेवा लिई डिजिटल बैंकिङ एक्पिरियन्सलाई थप सुध्रिढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।
हाल बैंक तथा बित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ सेवा विशेष गरि भुक्तानी तथा फन्ड ट्रान्सफर मा मात्र केन्द्रित रहेकाले बैंकिङ सुबिधा लिन अझैपनी बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको परिस्थिति औल्याउदै सो सोलुशनमा थप सुविधाहरुका साथ ओपन एपीआइ ब्एक्ष् मार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिने जानकारी दिए र फास्ट बैंकिङले बैंकको शाखाहरुमा हुने ग्राहक हरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरि ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने जानकारी दिए ।
टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोगीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङको आन्तरिक संरचना तथा प्राबिधिक हिसाबले फास्ट बैंकिङ अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङभन्दा कसरि सुदृढ, स्केलेबल र सुरक्षित छ भन्ने प्रकाश पारे । हाल ग्लोबल आइएमई बैंकमा संचालनमा ल्याई सकिएको यो सुबिधा कसरि फरक छ र यो सुबिधा संचालन गरे पश्चात बैंकका कर्मचारी तथा ग्राहकलाई भएको फाइदा र अनुभब बैंकका ट्रानजेक्सन तथा कार्ड अपरेसन प्रमुख प्रकाश पौडेलले साटे ।
कार्यक्रममा मन्तब्य दिंदै ग्लोबल आइएमइै बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले भबिष्यमा डिजिटल भुक्तानीको क्षेत्रमा अझै धेरै योगदान दिन तथा नविनतम सेवाहरु विस्तार गर्दै जान शुभकामना दिए । कार्यक्रमको अन्तमा स्मार्ट चोइस टेक्नोलोजिजका अध्यक्ष सुमन प्रोख्रेलले अनबरत रुपमा सम्पूर्ण देशको भुक्तानी क्षेत्र प्रबद्र्धन मा लागिरहने प्रतिबद्धता ब्यक्त गर्दै धन्यवादका साथ कार्यक्रम समापन मन्तब्यमा ब्यक्त गरेका थिए ।