काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेको छ ।
बुधबार गान्धीको ‘भारत जोडो यात्रा’ अभियानमा गान्धीले राष्ट्रिय गान बजाउन भनेपछि नेपालको राष्ट्रिय गान बजेको हो । जुन भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
गान्धीले राष्ट्रिय गान बजाउन भनेपछि मञ्चमा नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलको हामी’ बजेको थियो ।
नेपालको राष्ट्रिय गान बजेपछि गान्धीले सो गीत रोक्दै भारतको राष्ट्रिय गान ‘जनगणमन’ बजाउन निर्देशन दिएका थिए ।
निर्देशनपछि दोस्रोपटक राष्ट्रिय गान बजाउन खोज्दा फेरिपनि नेपालको राष्ट्रिय गीत बज्द छ । यो देखेर उपस्थित अतिथिहरु एक अर्कोलाई टुलुटुलु हेर्न थाल्छन् ।
उनीहरुले राष्ट्रिय गीत बजाउन भन्दै फेरि निर्देशन दिन्छन् । त्यसपछि भने भारतको राष्ट्रिय गीत बज्न थाल्छ ।
यो घटनालाई लिएर राहुल गान्धीको अहिले सामाजिक संजालमा ट्रोल बनिरहेको छ ।
यो प्राविधिक गल्ती थियो या कुनै गडबढी यस बारेमा भने औपचारिक रुपमा केही खुलाइएको छैन ।
Here is the full video: 1 min of entertainment & 57 seconds of respect.
•Rahul Gandhi asked to play national SONG.
•They played national anthem of Nepal.
•They stopped and played national ANTHEM of India.
•But they were actually playing all 5 paragraphs of Jan Gan Man 😭 pic.twitter.com/V4o0nH3WxW— Facts (@BefittingFacts) November 17, 2022