राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क घट्यो

राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ११ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ७५.३७ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको यहि अवधिको तुलनामा संस्थानले ४ अर्ब ५३ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । संस्थानले लगानी कर्जा तथा अन्य आयबाट ९१ करोड १० लाख रुपैयाँ र बीमालेख धितोमा २ अर्ब १ करोड ९५ लाख लगानी गरी ३ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा संस्थानले बीमांकीय मूल्यांकन अघि १ करोड ९३ लाख रुपैयाँँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.३५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा संस्थानले १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको संस्थानको जीवन बीमा कोषमा ४० अर्ब २४ लाख रुपैयाँ र जगेडा कोषमा ४३ करोड ३१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

बीमा ऐन २०७९ लागू भएसँगै राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज भएपछि संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनेछ । नयाँ बीमा ऐन अनुसार बीमा प्राधिकरण स्थापना भएको १ वर्ष भित्र संस्थान पब्लिक कम्पनी लिमिटेडमा परिणत गर्ने संस्थानले तयारी गरिरहेको छ । हाल संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैया रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स