काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.८० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तमा लघुवित्तको खुद ब्याज आम्दानी २४.२० प्रतिशत घटेको छ । अन्य सञ्चालन आम्दानी ३८.५५ प्रतिशत घटेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी २७.७५ प्रतिशत घटेको छ । सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम वापतको व्यवस्थामा १८ करोड २३ लाख रुपैयाँ छुट्याएको छ । जसका कारण सञ्चालन मुनाफा ४ करोड ८५ लाख रुपैयाँ ऋणात्मक भएको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ ३९ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७८.४७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ३२४ रुपैयाँ ७ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ३५ प्रतिशत बढेको छ भने जगेडा कोष ४०.३५ प्रतिशत बढेको छ । लघुवित्तको निक्षेप १७.२४ प्रतिशत बढेको छ भने कर्जा ११.९८ प्रतिशत बढेको छ ।