काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बीमा कोषको आकार ११.७१ प्रतिशतले वृद्धि भई १अर्ब १७ करोड ६९ लाख ५२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ति कोष, जगेडा कोष समेतमा कुल १ अर्ब ५६ करोड ६२ लाख ३८ हजार रुपैयाँ सञ्चिति रहेको छ ।
एनएलजी इन्स्योरेन्सले चालु आवको तीन महिनामा ५ करोड ४६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीको मुनाफा सामान्य अंकले घटेको देखिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६.९२ रुपैयाँ रहेको छ ।
कम्पनीको कुल बीमा शुल्क आम्दानी ९.६० प्रतिशतले घटेको छ । अघिल्लो आवको तीन महिनामा ६७ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको ३ महिनामा ६१ करोड आठ लाख ६७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । एनएलजीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।
कर्जा लगानी, अन्य लगानीबाट प्राप्त कम्पनीको आम्दानी १५ करोड १७ लाख रुपैयाँ रहेको छ । गत आवमा यस्तो आम्दानी १५ करोड ८२ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद दावी भुक्तानी उच्च अंकले घटेको छ । गत वर्षको ३ महिनामा १७ करोड १९ लाख ५५ हजार रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले चालु आवको ३ महिनामा नौ करोड ९७ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले जोखिमको उचित मूल्यांकन गरी पुनर्बीमा गराएकोले दावी भुक्तानी घटेको हो ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी १९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३३ करोड रुपैयाँ थियो । कूल बीमा शुल्कको जोखिम भएको बीमा शुल्कलाई पुनर्बीमा गरेर बाँकी रहेको बीमा शुल्क खुद बीमा शुल्क हो ।