काठमाडौं । चालु आर्थिक वर्ष असोजमा विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेको छ । गत आवर्को ाको तुलनामा विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेको हो । विदेशी विनिमय सञ्चिति बढेसँगै ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न धान्न सक्ने भएको छ ।
गत असारमा विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर भएको सञ्चिति २.५ प्रतिशतले बढेर १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति ९ अर्ब ५४ करोड रहेकामा ०.६ प्रतिशतले घटेर ९ अर्ब ४८ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये गत वर्ष असारमा नेपाल राष्ट्र बैंकमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ०१ अर्ब ६० करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा असोज मसान्तमा आइपुग्दा ९.३ प्रतिशतले घटेर १ खर्ब ४४ अर्ब ६२ करोड छ।
२०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत छ । सञ्चिति पर्याप्तता सूचक आर्थिक वर्ष २०७९÷८० को असोजको आयातलाई आधार मान्दा बैकिंङ क्षेत्रसँग रहेको
२०७९ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २५.७ प्रतिशत, ६९.५ प्रतिशत र २२.५ प्रतिशत रहेका छन्। गत असार मसान्तमा यी अनुपातहरू क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।