नेप्से १३ अंकले बढ्दा सिक्लेस हाइड्रोपावरमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक १३.४० अंकले बढेर १९११.२६ अंक विन्दुमा आइपुगेको छ ।

आज २४ लाख ९५ हजारको कित्ता सेयर ८५ करोड ९४ लाखमा खरिद बिक्री भएको छ ।

आज १४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३८ वटा कम्पनीको घटेको छ ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यस्तै, सिक्लेस हाइड्रोपावरमा १० प्रतिशतको सर्किट लागेको छ ।

आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको ४ करोड १ लाख, नेपाल लाइफ इन्स्येरेन्सको ३ करोड ८१ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ७८ लाख र जाल्पा सामुदायिक लघुवित्तको २ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स