सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १२.९९ प्रतिशतले वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको नाफा ७ करोड ३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ६ करोड २२ लाख मात्र नाफामा थियो । नाफा १२.९९ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, कम्पनीले प्रथम तीन महिनामा १ अर्ब ३७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा १२.८० प्रतिशतको वृद्धि देखिएको छ ।

१ अर्ब ७५ करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ९३ करोड ४९ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष २२ दशमलव ०८ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष ५६ दशमलव २४ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ६३ करोड पुगेको छ ।

कम्पनीका अनुसार कम्पनीले ४० करोड ५३ लाख खुद दावी भुक्तानी गरेको छ भने ३२ करोड ४७ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स