रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा उच्च वृद्धि, ३ अर्ब ९३ करोडको जीवन बीमा कोष

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी १३ करोड १७ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ४ करोड १५ लाख मात्र नाफामा थियो । नाफा २१७.१२ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले प्रथम तीन महिनामा ७२ करोड ९९ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ५५ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा शून्य दशमलव ७६ प्रतिशतको गिरावट देखिएको छ।

यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड भएको जगेडामा ३६ करोड ९५ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष ४० प्रतिशतले बढेको छ ।

जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष ३० दशमलव ३० प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ९३ करोड पुगेको छ ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति सेयर आम्दानी २५ रुपैयाँ १० पैसा र प्रति सेयर नेटवर्थ १२० रुपैयाँ १३ पैसा छ ।

कम्पनीका अनुसार कम्पनीले २७ करोड ६१ लाख खुद दावी भुक्तानी गरेको छ भने ३८ करोड ८३ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स