सानिमा लाइफ इन्स्योरेन्सको नाफा १५ प्रतिशत बढी, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष ४ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले चालु आवको यस त्रैमासमा ५४ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ५५ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले १४ करोड ८० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी २२८ प्रतिशतले बृद्धि भएको छ ।

हालसम्म कम्पनीले ११ अर्ब २८ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १ सय १६ रुपैयाँ ९३ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स