एनसीसी बैंकको साधारणसभा स्थगन गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । आयोगले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका व्यक्तिसमेत सञ्चालक रहेको, निर्वाचनका लागि मौन अवधि समेत सुरु भइसकेकोले मंसिर २ गते साधारणसभा गर्न नसक्ने जानकारी गराएको हो ।
बैंकले साधारणसभा पर्सी मंसिर २ गते काठमाडौँमा सम्पन्न हुने गरी आयोजना गर्न लागेको थियो । मौन अवधि सुरु भइसकेपछि ठूलो संख्यामा मानिस भेला गराइ राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरसमेतको व्यवस्था गर्न लागेको उजुरी परेपछि आयोगले सभा रोक्न निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता विपरीत त्यसरी साधारणसभा गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुका साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्नसक्ने आयोगले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स