काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा खप्तड लघुवित्तको सेयर कारोबार सुचारु भएको छ ।
बुधबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएसँगै कम्पनीको दोस्रो बजारमा कारोबार सुरु भएको हो ।
आज प्रि-ओपसन सेसनमा यो लघुवित्तको सेयर प्रतिकित्ता ३०३.२० रुपैयाँमा किनबेच भएको छ।
नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतम १०१.०७ रुपैयाँदेखि अधिकतममा ३०३.२१ रुपैयाँ तोकिएको थियो। यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा अधिकतम रेन्ज बाट नै कारोबार सुरु भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीको प्ीद्यक् सिम्बलबाट कारोबार भएको हो ।
यो लघुवित्त आईपीओ सोमबार नेप्सेमा सूचीकृत भएका थिए। तर, मंगलबार प्रि-ओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र सेयर किनबेच नभएपछि यो लघुवित्तको सेयर कारोबार नियमित समयका लागि खुल्न सकेको थिएन।
नेप्सेमा खप्तड लघुवित्तको १०० अंकित दरका कुल ४ लाख कित्ता सूचीकृत भएको थियो। जसमा संस्थापकको २ लाख ६८ हजार कित्ता र सर्वसाधारणको १ लाख ३२ हजार कित्ता छन्।
खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। यो लघुवित्तको आईपीओ बाँडफाँट भने गत भदौ २० गते भएको थियो।