नागरिक लगानी कोषको नाफा सवा २३ करोड, ईपीएस कति ?

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.९९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको ब्याज आम्दानी ७३.४१ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेको छ । कम्पनीको कुल आम्दानी १७.९५ प्रतिशत बढेको छ भने कुल खर्च १७.८० प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३० प्रतिशत बढेर ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ भने सेयर प्रिमियम ७७.५६ प्रतिशत घटेर २८ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ।

चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिसेयर आम्दानी अर्थात ईपीएस घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ २३ पैसा घटेर २१ रुपैयाँ ९० पैसामा झरेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८२.७३ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स