लगातार उकालो लाग्दै सुनको मूल्य, कति छ आजको बजार भाउ ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर ९८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १२ सय ९५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स