सिद्धार्थ इन्स्योरेन्सको कति दिने भयो सेयर धनीलाई लाभांश

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.७३७ रुपैयाँले हुन आउने १२ करोड २० लाख २१ हजार ५३ हजार रुपैया ँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मंगलबार बसेको सञ्चालक समिति बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीले बीमा प्राधिकरणको स्वीकृति पछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने र प्रिमियर इन्स्योरेन्ससँग मर्जरपश्चात एकीकृत कारोबार भएपछि सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स