मेगा बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मेगा बैंकले लाभांश घोषणा गरेको छ। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३.३६ रुपैयाँको कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ६४ करोड ४८ लाख १८ हजार ४५८.१३ रुपैयाँबराबरको बोनस सेयर र ३.८३ प्रतिशतले हुन आउने ६१ करोड ७४ लाख १३ हजार ६७३.६६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी १२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स