युनियन लाइफ इन्स्योरेन्सको ठूलो जीवन बीमा कोष, यस्तो छ अन्य सूचकांक

काठमाडौं । युनियन लाइफले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ अर्ब ३२ करोड ७४ लाख चार हजार ७९९ रुपैयाँको बलियो जीवन बीमा कोष बनाएको छ । पछिल्लो पुस्ताको कम्पनी भएर पनि १२ अर्बको शक्तिशाली जीवन बीमा कोष खडा गर्ने युनियन लाइफ पहिलो कम्पनी हो । कम्पनीको जीवन बीमा कोष ४३.६४ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी १.९ प्रतिशतले वृद्धि भई १ अर्ब ८६ करोड ४८ लाख ३६ हजार ६९२ रुपैयाँ पुर्याउन सफल भएको छ । आर्थिक संकटका बीच पनि युनियन लाइफले गरेको उल्लेख्य प्रगतिको रुपमा लिन सकिन्छ ।

वित्तीय विवरणमा कम्पनीको मुनाफा केही घटेको छ । गत आवको यसै अवधिमा ३ अर्ब ४४ करोड रुपैयाँ मुनाफा कमाएको कम्पनीले चालु आवको तीन महिनामा दुई करोड ७८ लाख ३१ हजार ५१८ रुपैयाँ मुनाफा आर्जन गरेको छ । यद्यपि जीवन बीमा कम्पनीहरूको मुनाफा बीमाङुकीय मूल्याकनको क्रममा हेरफेर हुनेछ ।

कम्पनीको खुद दावी भुक्तानी घटेको छ । गत आवको यसै अवधिमा ६२ करोड दावी भुक्तानी गरेको कम्पनीेले चालु आवको समीक्षा अवधीमा ६१ करोड ८४ लाख ७१ हजार ३५६ रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ५.१८ रुपैयाँ र प्रति सेयर कुल सम्पत्तिको मूल्य ७८२.३८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स