विकास बैंक र फाइनान्स कम्पनीले ब्याजदर घटाए

काठमाडौं । मंसिर महिनामा विकास बैंक र फाइनान्स कम्पनीहरूले ब्याजदर घटाउने भएका छन् । डेभलपमेन्ट बैंकर एसोसिएसन (डीबीएन) को आज मंगलबार बसेको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो । वाणिज्य बैंकहरूले मङ्सिर महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय यस अघि नै गरिसकेका छन् ।

विकास बैंकहरुले मंसिर महिनाका लागि ब्याज घटाउने निर्णय गरेको हो । ब्याज बढाउँदा पनि बैकिङ प्रणालीमा तरलता नबढेका भन्दै दुबै संस्थाले ब्याज घटाउने निर्णय गरेका हुन् । निक्षेपको ब्याजदरको चाप कर्जामा परेको भन्दै निक्षेपको ब्याजदर घटाउने लागिएको संघले जनाएको छ ।

हाल विकास बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याजदर रहेकोमा मङ्सिरदेखि यो दरलाई ०.१५ प्रतिशतले घटाएर १२.८५ प्रतिशत पुर्याइएको छ । संस्थागततर्फ १०.८५ प्रतिशत ब्याज तोकिएको छ ।

फाइनान्स कम्पनीहरूले पनि मंसिर महिनादेखि लागू हुनेगरी ब्याजको दर घटाउने निर्णय गरेका छन् । फाइनान्स कम्पनीहरूले ३ महिने मुद्दती निक्षेपमा ०.२० प्रतिशत तथा १ वर्र्ष वा त्यो भन्दा माथिको अवधिको लागि ०.१५ प्रतिशतले ब्याज घटाउने निर्णय हो ।

फाइनान्स कम्पनीहरूको तीन महिने व्यक्तिगत मुद्दती निक्षेपको ब्याज १३.२० प्रतिशतबाट १३ प्रतिशत तथा १ वर्षे वा त्यो भन्दा माथिको अवधिको लागि १३.४५ प्रतिशतबाट १३.३० प्रतिशतमा झारिएको छ । संस्थागततर्फ ११.२० प्रतिशतबाट ११ प्रतिशत तथा १ वर्र्षे वा त्यो भन्दा माथिको अवधिको लागि ११.४५ प्रतिशतबाट ११.३० प्रतिशतमा सीमित गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स